काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव २०८० सुरु भएको छ । जावलाखेल फुटबल मैदानमा असोज १० गतेदेखि मेला सुरु भएको हो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरेका छन् ।…