मुक्तिनाथ जाने बाटोमा धर्मशाला निमार्ण, निःशुल्क खान र बस्न पाइने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो । मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी…