श्रमदान र चन्दा सहयोगबाट लिच्छवीकालीन स्वयम्भू (चैत्य)को पुर्ननिर्माण सुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-२, महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भु (चैत्य) विहार पुनर्निर्माण स्थानीयवासीको पहलमा अघि बढाइएको छ । प्राप्त इतिहासअनुसार एक हजार चारसय वर्षअघि लिच्छविकालीन समयमा निर्माण गरिएको स्वयम्भु (चैत्य) लामो समयदेखि जीर्ण भएसँगै यस ऐतिहासिक स्थलको उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा नै पुनर्निर्माणका लागि स्थानीयले आर्थिक सङ्कलन र श्रमदान गरेर काम अघि बढाइएको हो…