आज काठमाडौंका यी स्थानमा सवारी कुदाउन नपाइने

काठमाडौं । इन्द्रजात्रा पर्वको कारण काठमाडौंका केही सडकमा आज सवारी आवागमन निषेध गरिएको छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण केही सडकमा सवारी चलाउन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। बिहीबारदेखि…