काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजनाअनुसार कम्पनीले ‘टपअपमा टपअप धमाका’ सार्वजनिक गरेको छ । यस योजनामा कम्पनीको मोवाईल बैंकिङमार्फत् २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्रमार्फत् २०० रुपैयाँको टपअप प्राप्त गर्ने छन् ।…