बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैशाख ३१ गते नेपाल राष्ट्र बैंकलाई श्रम ऐन, २०७४ को व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको थियो । मन्त्रालयको उक्त निर्देशनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले जेठ…