काठमाडौँ । साताको पहिलो कारोबार आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अङ्कले घटेर २,६२९.८९ को बिन्दुमा पुगेर बन्द भएको छ । यो ०.४१ प्रतिशतको गिरावट हो। परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको…