युनाइटेड मोदी हाइड्रोले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उद्देश्यबमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले…