पोखराको लेकसाइडमा २० औँ फेवा नववर्ष महोत्सव २०८२ सुरु भएको छ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार महोत्सवको उद्घाटन गरे। होटल संघ पोखरा नेपालले महोत्सवको आयोजक हो। महोत्सव वैशाख १ गतेसम्म चल्ने छ। महोत्सवको उद्घाटनअघि खहरे र ड्यामसाइडबाट आमा समूहसहित झाँकी–र्याली निकालिएको थियो। र्यालीमा पञ्चैबाजा, भजन र रत्यौलीसहित भक्तपुरको बिस्केट जात्रा पनि समावेश गरिएको थियो।…