एचआइडिसिएलले ५.२६३ प्रतिशतका दरले नगद लाभांश दिने

काठमाडाैं । हाइड्रोइलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश घोषणा गरेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते १२औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित हुनुअघि सरकारबाट स्वीकृत हुने छ ।…