काठमाडौँ । ज्योति विकास बैंकको १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार १७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १२६ रुपैयाँ वा सो भन्दा बढी…