प्रि-ओपन सेसनमा १.६४ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको चौथो दिनमा आज प्रि-ओपन सेसनमा १.६४ अंक बढेर २६५०.९५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यस सेसनमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४८ कम्पनीको ३२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य…