अर्थमन्त्रीको नयाँ कार्ययोजनाको प्रभाव: सेयर बजारमा उत्साह, नेप्से २६ सय ३३ विन्दु पार !

काठमाडौं । पुँजी बजारलाई चलायमान बनाउन अर्थमन्त्रालयले अघि सारेको सुधार कार्ययोजनाले लगानीकर्तामा नयाँ उत्साह भरेको छ। जसका कारण आज नेप्से परिसूचक १ दशमलव ८ ७ प्रतिशतले बढेर २ हजार ६ सय ३३ दशमलव ६ २ विन्दुमा पुगेको छ। बजार परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दिनभरिमा ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको…