२४ घरले चन्दा उठाएर बनाएको पोखरीमा माछापालन र डुंगा सयर

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भंगेटारका स्थानीयले चन्दा संकलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो।…