असोजका लागि पनि घटाए वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकको कति?

काठमाडौं- असोजका लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। असोजका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने केहीले भदौकै ब्याजदरलाई यथावत राखेका छन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने नीति लिँदै नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेकाले बैंकहरुले ब्याजदर घटाउने मनोवैज्ञानिक आधार प्राप्त गरेका…