पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले गति लियो

गण्डकी । पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले भने गति लिएको छ । गत वैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म आयोजनाको प्रगति २५ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा(भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले बताए । उनका अनुसार गत भदौसम्ममा आयोजनाको भौतिक प्रगति जम्मा ५ प्रतिशत थियो ।…