३ जिल्लालाई धानेको कटारी बजारमा ‘अहिले चरोमुसो आउँदैनन्’

कटारी । ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार..... ३ दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका ३ जिल्ला ओखलढुंगा, खोटांग सोलुखुम्बुको एक मात्र नून तेल भाँडावर्तन, अन्नपात,…