नाडाको वरिष्ठ उपाध्यक्षमा गोल्छा, काे काे बने पदाधिकारी ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पदाधिकारी चयन गरेको छ। शुक्रबार भएको साधारणसभाले करण चौधरीलाई अध्यक्ष चुनेकोमा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको हो। आइतबार बसेको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ। ४७औँ साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था गरेको छ। उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रुपका निर्देशक निराकार…