२ सय वर्ष देखि पानी खुवाई रहेको ‘ठकुरीको पँधेरो’

म्याग्दी। तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट। बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो। विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेबम मल्ल र उनका भाइ भर्तिबम मल्लको युद्धका कारण चर्चामा आएको गाउँ हो। ज्यामरुककोटको दक्षिणतर्फ…