कैलाली । लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीमा कर्णाली नदीको पानी आपूर्तिको लक्ष्यसहित खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज लम्कीचुहा-३, कैलाशधाम बल्चौरमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शुभारम्भ गरे। लम्कीचुहाका पाँच वडामा १३ हजार ७ सय ९५ घरधुरीका ७४ हजार चार सय ५० जनालाई पानी आपूर्तिको लक्ष्यसहित आयोजना सुरु गर्न…