महोत्तरी । चुरे दोहनले भूमिगत पानीमा समस्या बन्दै गएको भन्दै अभियन्ताहरूले चुरे क्षेत्रमा स्थलगत अन्तर्क्रिया गरेका छन् । अनियन्त्रित दोहनले चुरेको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसले पानीको चरम समस्या भोगिरहेको र निकट दिनमा थप समस्याबाट प्रताडित बन्नुपर्ने विषयलाई ध्यानाकर्षण गराउने उद्देश्यले चुरेमा अभियन्ताहरूले कार्यक्रम गरेका हुन् । महोत्तरीको उत्तरी क्षेत्र रातु नदीको तटीय क्षेत्रमा भएको…