काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा–जाजरकोट–सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी भइरहेको छ । उनका अनुसार पश्चिम…