काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न ८ वटा विषयमा महत्त्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेश मन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएका हुन् । विदेश मन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा…