बगरखोला जलविद्युत् आयोजनाको निर्माणस्थल परिवर्तन गर्न माग

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलावासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन्। रघुगङ्गा-७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ। रघुगङ्गा-७ ले मंगलबार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण गर्न प्रस्ताव गरिएको उक्त आयोजनाले वातावरणीय…