बजेट अभावले बेनी–जोमसोम खण्डको पहिरो नियन्त्रणमा आएन

म्याग्दी। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ। पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिराले करिब…