रसुवा । उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी भोटेकोशी बाढीपछि हरेक दिन जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुग्न बाध्य छन्। यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीले खोला तर्नेदेखि तुइनमा नदी पार गर्नेसम्मका जोखिम मोल्नुपरेको हो। विद्यालयकी शिक्षिका रञ्जना थापाका अनुसार विद्यार्थीहरू दैनिक सलाखु खोला तरेर…