काठमाडौं । थानकोट र नागढुङ्गालाई जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थितिमा आयोजित कार्यक्रममा सुरुङमार्ग उद्घाटन गरिएको हो। मन्त्री बनेको करिब चार महिनामै नेपालको पहिलो सडक सुरुङमार्ग उद्घाटन गर्ने अवसर पाएका लम्सालको नाम आयोजनास्थलमा राखिएको नयाँ शिलालेखमा अभिलेखित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह उद्घाटन…