कोरला नाकासम्मको सडक स्तरोन्नतिमा ठेक्का आह्वान

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले छुसाङ–घमी सडक खण्डको स्तरोन्नति तथा कालोपत्रका लागि बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त सडकलाई दुई प्याकेजमा ठेक्का आह्वान गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार छुसाङदेखि भेनासम्मको २०.१ किलोमिटर (पहिलो खण्ड) र भेनादेखि घमीसम्मको २०.१ किलोमिटर (दोस्रो खण्ड)…