बाढीपहिरोले थिलथिलो बिपी राजमार्ग पुनर्निर्माण तीव्र

काभ्रेपलाञ्चोक । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो तथा महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा रहेको बिपी राजमार्ग पछिल्लो डेढ वर्षदेखि यात्रुका लागि निकै कठिन बन्दै आएको छ। सामान्यदेखि मध्यम वर्षाले समेत पटक–पटक सडक अवरुद्ध हुने अवस्था सिर्जना भएपछि यात्रु तथा सवारी चालकले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। चालु चैत महिनाको मध्यसम्म मात्रै दुई पटक…