काठमाडौँ। घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो सडक खण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिंङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ । अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा-बन्दना भगवती जेभीले जनाएको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म…