गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’

स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो । २०२८ सालमा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इन्जिनियर आशिष रिजालले जानकारी दिए…