७ वर्षदेखि अलपत्र ओदाल खोलाकाे पुल,ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएनन्

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल ७ वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन । पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । ३५–३५ मिटरका २ स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि…