हेटौँडा। गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो । एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पु¥याइएको…