गाडियो फेवाताल घेर्न १ हजार ५५ वटा पिल्लर

कास्की, १ साउन । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि तालको किनारमा पोल गाड्ने कार्य सम्पन्न भएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि सुरु भएको सीमास्तम्भ गाड्ने कार्य बुधबार सकिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार तालघर क्षेत्रमा १,०५५ वटा पिल्लर…