ट्याक्सीमा छुटेका ११ तोला गहना चालकले प्रहरीलाई बुझाए

काठमाडौँ । काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई हस्तान्तरण गरेका हुन् । जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज…