विराटनगर । भ्रष्टाटार मुद्दामा अदालतबाट दोषी ठहर भइ सजाय सुनाइएका पाँचजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सजाय भुक्तानका लागि मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने क्रममा…