काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मै भएको हाे। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार रुपैयाँ बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम सुरु गरिएको थियो। ५० हजार बजेटबाट ट्रयाक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर काम पुरा गरे। ट्रयाक खन्ने काममा…