जारको पानीमा लामखुट्टेको लार्भा फेला, महानगरले तिरायो १ लाख जरिमाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले जारको पिउने पानी उत्पादन गर्ने एक कम्पनीलाई १ लाख जरिवाना गरेको छ । अनुगमनका क्रममा त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानीमा लामखुट्टेको लार्भा फेला परेपछि महानगरले १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरको अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा गएर अनुगमन…