भारतले ३ करोड ७९ लाखमा उदयपुरमा विद्यालय बनाउने, श्रीवास्तवले गरे शिलान्यास

काठमाडौँ । भारत सरकारको सहयोगमा उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री डा नारायण खड्का र यहाँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रशन्न श्रीवास्तवले सो भवनको बुधबार शिलान्यास गरे । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ३ करोड ७९ लाख आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो…