सिरहा — सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कार्यालय सहयोगीमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि चैत २३ गते आफ्नै कार्यकक्षमा कुटपिट गरेको आरोपमा पीडितले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले अदालतबाट पक्राउ…