नगरपालिका नै रित्ताे पारेर गरुडाका मेयरसहित ३० जना भारत भ्रमणमा, सेवाग्राही मारमा

रौतहट ।  जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ । मेयर कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद् सदस्यहरु सहितका तीन दर्जनको जम्बो टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे  ।…