आगो ताप्दा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु

बर्दिया । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर…