सर्लाहीमा मारिएका जयशंकरकाे शव ३ दिनदेखि घटनास्थलमै, गोली हान्ने हवल्दार जिल्ला तानिए

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलमै रहेकाे । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो । बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । शनिबार नै गृहमन्त्रालयले…