तलब माग्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी तलबको माग गर्दै बुधबारदेखि धर्नामा बसेका छन् । जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेका शिक्षक–कर्मचारीले नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् । नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट ३ जना, निमाविबाट २ जना, प्राविबाट १ जना गरी पालैपालो धर्ना सुरु भएको हो । समस्या समाधान…