लमजुङ । चिसो बढ्न थालेसँगै चैत/वैशाखको गर्मीमा लेक पुगेका दर्जनौँ भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन्। गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्याएका भेडाका बथान यतिबेला बेँसी आइपुगेका हुन्। जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेको भन्दै ती भेडीगोठका भेडा लेकबाट बेँसी आइपुगेका भेटिनरी अस्पताल तथा पशु…