विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका संग्रौलाको वायाँ तिघ्रामा गोली लागेको छ । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय…