स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न पाटन अस्पताललाई प्रहरीको अपिल

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सकहरू र सरोकारवालाहरूलाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ। मंगलबार साँझ परिसरका प्रवक्‍ता एवं एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य उपचारको अत्यावश्यक सेवा सञ्चालन गर्न अपिल गरेका हुन्। शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु…