कञ्चनपुर । शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर विष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख विष्टको बचपनादेखिकै हो । ‘स्कुल पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो’, विष्टले भने, ‘अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।’ मूर्ति बनाएर हुने आम्दानीले परिवारको…