पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने

पर्वत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पर्वतका स्थानीय तहलाई रु ६३ करोड ७१ लाख अनुदान पठाउन सरकारलाई सिफारिस गरेको छ । नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्थानीय तहले आफैँ बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछन् । अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित…