बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै…