प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौ।

प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१ को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता गरी कुल ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयरमा हाललाइ विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।

उक्त सेयर खरिदको लागि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।