मंगलबार पनि ओरालो लाग्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि ओरालो लाग्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार पनि सुनको भाउ घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।

हिजो १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ५५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो १४ सय २५मा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेर १४ सयमा कारोबार हुने महासंघले जनाएको छ ।